नेभिगेशन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी पदमा आवेदन आह्वान

नेपाल हेल्थ न्युज, जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले रिक्त रहेका चार प्रमुख पदाधिकारी पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो। प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका ती पदमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू (शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उम्मेदवार छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइनेछ।

प्रतिष्ठानले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। इच्छुक उम्मेदवारले भदौ ३ गते कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।

karnali-health-science-1786685224.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट