नेपाल हेल्थ न्युज, काठमाडौं । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा विभिन्न पदका लागि ६ जना विशेषज्ञ जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले साउन २९ गते प्रकाशित गरेको सूचनामार्फत सिटिभिएस, प्याथोलोजी, एनेस्थेसिया र मेडिकल सर्जिकल नर्सिङ विभागका लागि जनशक्ति माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानका अनुसार सिटिभिएस विभागमा एक जना, प्याथोलोजीमा दुई जना, एनेस्थेसियामा दुई जना र मेडिकल सर्जिकल नर्सिङमा एक जना जनशक्ति आवश्यक परेको छ। उम्मेदवारको योग्यता तथा अनुभवका आधारमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चरर पदमा नियुक्ति गरिनेछ।
चिकित्सातर्फ आवेदन दिन सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। नर्सिङतर्फ भने सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ।
उमेरको हकमा प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि ७० वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदमा आवेदन दिन ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
प्रतिष्ठानले पदअनुसार परीक्षा दस्तुरसमेत तोकेको छ। प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि १ हजार ५ सय रुपैयाँ तथा असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदका लागि १ हजार २ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ।
उम्मेदवारले परीक्षा दस्तुर भानु चोकस्थित लक्ष्मी सनराइज बैंकमा रहेको प्रतिष्ठानको खातामा जम्मा गरी सोको भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ।
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
