नेपाल हेल्थ न्युज, झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।
सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् ।
जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधरणलाई आग्रह गरे । रासस
स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य बिमा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरण घरबाटै गर्न सकिने
आइतबार, साउन ३१, २०८३
नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य
आइतबार, साउन ३१, २०८३
ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
आइतबार, साउन ३१, २०८३
