नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।
मन्त्रालयका सहसचिव दिवश आचार्यका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गरी वीर अस्पताल पठाउने निर्णय भएको छ ।
उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखाको प्रमुखको जिम्मेवारी डा। ओम अर्याललाई दिइएको छ । डा. अर्याल यसअघि भरतपुर अस्पतालमा कार्यरत थिए ।
त्यस्तै, डा. हेमन्त ओझालाई स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. ओझा यसअघि स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए ।
मन्त्रालयले नियमित प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने क्रममा कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य बिमा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरण घरबाटै गर्न सकिने
आइतबार, साउन ३१, २०८३
नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य
आइतबार, साउन ३१, २०८३
ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
आइतबार, साउन ३१, २०८३
योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा डा. जनकबहादुर बस्नेत चयन
आइतबार, साउन ३१, २०८३ट्रेन्डिङ
