नेपाल हेल्थ न्युज, काठमाडौैं। पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीएस इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच आइतबार सहमति भएको छ।
सहमतिअनुसार इन्टर्न चिकित्सकहरूलाई यसअघि उपलब्ध गराउँदै आएको मासिक निर्वाह भत्तालाई निरन्तरता दिइनेछ।
त्यसैगरी, इन्टर्न चिकित्सकहरूले उठाएका अन्य विषयमा स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित नियमनकारी निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।
सहमति जुटेसँगै आन्दोलनरत इन्टर्न चिकित्सक र कलेज व्यवस्थापनबीच देखिएको विवाद समाधानतर्फ अघि बढेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
आइतबार, साउन ३१, २०८३
झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य बिमा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरण घरबाटै गर्न सकिने
आइतबार, साउन ३१, २०८३
नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य
आइतबार, साउन ३१, २०८३
ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
आइतबार, साउन ३१, २०८३ट्रेन्डिङ
