नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्रालयले मन्त्रालयअन्तर्गतका विभिन्न सार्वजनिक निकायमा रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि रोष्टर सूची तयार गर्ने भएको छ।
मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामार्फत सम्बन्धित कानुनअनुसार न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव तथा अन्य आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई रोष्टर सूचीमा सूचीकृत हुन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल फार्मेसी परिषद्लगायत मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा रिक्त रहेका विभिन्न सदस्य पदका लागि रोष्टर तयार गरिनेछ।
रोष्टरमा सूचीकृत हुन इच्छुक योग्य नागरिकले २०८३ भदौ ८ गतेभित्र आवश्यक कागजातसहित मन्त्रालयको वेबसाइटमा उपलब्ध अनलाइन फारममार्फत आवेदन दिनुपर्नेछ।
मन्त्रालयले सम्बन्धित समिति, परिषद् तथा बोर्डको गठनसम्बन्धी ऐन, नियमावली, गठन आदेश तथा विनियममा तोकिएको योग्यता पूरा गरेका व्यक्तिहरूबाट आवेदन मागेको जनाएको छ।
मन्त्रालयले तयार गर्ने रोष्टर सूचीबाट सम्बन्धित कानुनबमोजिम रिक्त पदमा पदपूर्तिका लागि योग्य व्यक्तिको छनोट गरिने जनाएको छ।



श्रीलङ्कामा ५५ वर्षीय पुरुषको मुत्रथैलीबाट निकालियो ३.१ किलोको पत्थरी
मंगलबार, भदौ २, २०८३
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
मंगलबार, भदौ २, २०८३
स्वास्थ्य बीमा सञ्चालन गर्न रञ्जु दर्शनाको सरकारसँग आग्रह
मंगलबार, भदौ २, २०८३
संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी
मंगलबार, भदौ २, २०८३
