नेपाल हेल्थ न्युज, ललितपुर । नेपालमा पहिलोपटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले विल्सन रोगबाट गम्भीर अवस्थामा पुगेकी बालिकामा आमाबाट जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।
उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएकी बालिकाको प्रत्यारोपणअघि स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो। करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत उनको स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको उक्त जीवित दाता कलेजो प्रत्यारोपण सफल भएको हो।
बाल कलेजो प्रत्यारोपणलाई अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, सघन उपचार टोलीसहित अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक पर्छ।
किष्ट प्रत्यारोपण केन्द्रका अनुसार विभिन्न विधाका विशेषज्ञ सम्मिलित टोलीको समन्वयमा जटिल उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार सेवासमेत विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। केन्द्रले बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउँदै बाल कलेजो प्रत्यारोपणको क्षेत्रमा थप सेवा विस्तार गर्ने तयारी गरेको छ।
लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारीको काज फिर्ता
बिहीबार, भदौ ४, २०८३
मेलानोमा दोहोरिनबाट रोक्ने खोपको परीक्षण सफल, क्यान्सर उपचारमा नयाँ आशा
बिहीबार, भदौ ४, २०८३
डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु
बिहीबार, भदौ ४, २०८३
बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकका लागि २९ जनाको दाबी
बिहीबार, भदौ ४, २०८३
