नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि २९ जनाले आवेदन दिएका छन्।
प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार प्रतिष्ठानले प्रकाशित गरेको सूचनाबमोजिम आवेदन दिने अन्तिम म्याद मंगलबार (१८ अगस्ट २०२६) साँझ ५ बजेसम्म तोकिएको थियो। सो अवधिसम्म प्रतिष्ठानको उपकुलपति कार्यालय, धरान तथा सम्पर्क कार्यालय बाँसबारी, काठमाडौंमा आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।
तीन पदका लागि प्राप्त आवेदनमध्ये रजिस्ट्रार पदमा सबैभन्दा बढी १८ जना आकांक्षी छन्। त्यस्तै अस्पताल निर्देशकका लागि १४ जना र शिक्षाध्यक्षका लागि ४ जनाले आवेदन दिएका छन्।
अब प्राप्त आवेदनका आधारमा कार्यविधिअनुसार उम्मेदवारको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ ।

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
