नेभिगेशन

बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकका लागि २९ जनाको दाबी

नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि २९ जनाले आवेदन दिएका छन्।

प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार प्रतिष्ठानले प्रकाशित गरेको सूचनाबमोजिम आवेदन दिने अन्तिम म्याद मंगलबार (१८ अगस्ट २०२६) साँझ ५ बजेसम्म तोकिएको थियो। सो अवधिसम्म प्रतिष्ठानको उपकुलपति कार्यालय, धरान तथा सम्पर्क कार्यालय बाँसबारी, काठमाडौंमा आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।

तीन पदका लागि प्राप्त आवेदनमध्ये रजिस्ट्रार पदमा सबैभन्दा बढी १८ जना आकांक्षी छन्। त्यस्तै अस्पताल निर्देशकका लागि १४ जना र शिक्षाध्यक्षका लागि ४ जनाले आवेदन दिएका छन्।

अब प्राप्त आवेदनका आधारमा कार्यविधिअनुसार उम्मेदवारको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ ।

Notice---2083-05-03-1787200481-1787205981.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट