नेपाल हेल्थ न्युज, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट चरणका लागि संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।
प्रतिष्ठानले बिहीबार जारी गरेको सूचनाअनुसार छनोट समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी नियुक्ति नियमावली, २०८३ (संशोधित) बमोजिम उम्मेदवारहरूको सर्टलिस्ट तयार गरेको हो।
शिक्षाध्यक्ष पदका लागि कृष्ण कुमार झा, जनार्दन पन्थी, विकास गौचन र राम नारायण मण्डल सर्टलिस्टमा परेका छन्। डीन पदका लागि अम्बिका पौडेल ढकाल, कृष्ण कुमार झा र विकास गौचन छनोट भएका छन्।
त्यस्तै, रजिस्ट्रार पदका लागि एकानन्द सिंह, दिपेन्द्र गौतम, प्रमोद कुमार यादव, प्रविन कुमार गिरि, राम नारायण मण्डल र श्याम लम्साल सर्टलिस्टमा परेका छन्। निर्देशक पदका लागि प्रविन कुमार गिरि, बिपिन खनाल र सुरेश वि.क. रसाइली छनोट भएका छन्।
प्रतिष्ठानका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारले आगामी चरणमा दृष्टिकोणसम्बन्धी पत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि उम्मेदवारहरूको अन्तिम प्यानल अन्तर्वार्ता हुने जनाइएको छ।
अन्तर्वार्ता भदौ ८ गते सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय, घोराही, दाङमा हुने तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार शिक्षाध्यक्ष पदको अन्तर्वार्ता बिहान ९ बजेदेखि १०ः३० बजेसम्म, रजिस्ट्रार पदको १०ः३० बजेदेखि १२ः३० बजेसम्म, डीन पदको दिउँसो २ बजेदेखि ३ बजेसम्म र निर्देशक पदको ३ बजेदेखि ४ बजेसम्म हुनेछ।
प्रतिष्ठानले अन्तर्वार्तासहितको आगामी छनोट प्रक्रियाबाट चारै पदका लागि अन्तिम उम्मेदवारको प्यानल तयार गर्नेछ।

लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारीको काज फिर्ता
बिहीबार, भदौ ४, २०८३
मेलानोमा दोहोरिनबाट रोक्ने खोपको परीक्षण सफल, क्यान्सर उपचारमा नयाँ आशा
बिहीबार, भदौ ४, २०८३
डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु
बिहीबार, भदौ ४, २०८३
बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकका लागि २९ जनाको दाबी
बिहीबार, भदौ ४, २०८३
