नेभिगेशन

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रार पदमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त हुनुभएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई रजिस्ट्रारमा नियुक्त गरेको हो ।  नवनियुक्त रजिस्ट्रार डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नभयो ।  डा. श्रेष्ठले यसअघि पनि नेपाल मेडिकल काउन्सिलमा विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

डा. श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म काउन्सिलको पदेन सदस्य तथा सन् २०१९ देखि २०२३ सम्म मनोनीत सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो । काउन्सिलमा रहँदा उहाँले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । उहाँले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट