नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रार पदमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त हुनुभएको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई रजिस्ट्रारमा नियुक्त गरेको हो । नवनियुक्त रजिस्ट्रार डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नभयो । डा. श्रेष्ठले यसअघि पनि नेपाल मेडिकल काउन्सिलमा विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
डा. श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म काउन्सिलको पदेन सदस्य तथा सन् २०१९ देखि २०२३ सम्म मनोनीत सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो । काउन्सिलमा रहँदा उहाँले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । उहाँले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गर्नुभएको छ ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
