नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालका अनुसार विशेष ओपिडी सेवा प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। सेवाअन्तर्गत इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजीलगायतका सेवा उपलब्ध हुनेछन्।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा विशेष ओपिडीअन्तर्गत थप विशिष्टीकृत स्वास्थ्य सेवासमेत विस्तार गरिनेछ।
निजामती कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा लिन लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सहज र छिटो उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको सूचना अधिकारी नेपालले बताइन्।
उनका अनुसार विशेष ओपिडी सेवाले निजामती कर्मचारी तथा परिवारका सदस्यलाई नियमित सेवाभन्दा थप सहज र व्यवस्थित रूपमा स्वास्थ्य उपचार प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३

