नेभिगेशन

बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

नेपाल हेल्थ न्युज, काठमाडौं धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि १४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।

प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोबिन मास्के र प्रा.डा. शिवेन्द्र झा छनोट भएका छन्।

त्यस्तै, रजिष्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, डा. मधुर बस्नेत, डा. शहेराज अहमद खान र डा. विम्मी सिंह छनोट भएका छन्।

अस्पताल निर्देशक पदका लागि प्रा.डा. अशोककुमार झा, धरनिधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र सागरकुमार ताम्राकार छनोट भएका छन्।

प्रतिष्ठानका अनुसार छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भदौ १० गते उपकुलपतिको कार्यालयमा हुनेछ। अस्पताल निर्देशक पदका उम्मेदवारका लागि बिहान ८ः३० देखि ११ बजेसम्म, रजिष्ट्रार पदका लागि ११ः३० देखि दिउँसो २ बजेसम्म तथा शिक्षाध्यक्ष पदका लागि दिउँसो ३ देखि ५ बजेसम्म समय तोकिएको छ।

प्रतिष्ठानले छनोट भएका उम्मेदवारलाई तोकिएको समयभन्दा ३० मिनेटअघि सक्कल प्रमाणपत्रसहित उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट