नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई पुनः नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
औषधिको मूल्य निर्धारणसम्बन्धी विषयमा छानबिनपछि गत वैशाखमा मन्त्रालय तानिएका भट्टराई करिब साढे पाँच महिनापछि विभागको नेतृत्वमा फर्किनुभएको हो।
भट्टराई यसअघि पनि विभागको महानिर्देशक भइसक्नुभएको थियो । अब औषधि नियमन, मूल्य निर्धारण र बजार अनुगमनलगायतका काम भट्टराईको नेतृत्वमा अघि बढ्नेछन्।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य सेवा तीव्र बनाइँदै
बुधबार, भदौ १०, २०८३
१० जिल्लामा डेंगी संक्रमण फैलिँदा दुई जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
बुधबार, भदौ १०, २०८३
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३ट्रेन्डिङ

