नेपाल हेल्थ न्युज, काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेको विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टमा उल्लेख छ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २५९ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्तामध्ये विभिन्न सुरक्षा निकायका ८५ जना रहेका छन्। जसमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना छन्।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी समेत छन्। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।
विपद्पछि उद्धार तथा राहतका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत शव तथा बेपत्ताको खोजी चुनौतीपूर्ण बनेकाले सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
आर्या फार्माले गर्यो बाढीपीडितलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग
आइतबार, भदौ १४, २०८३
बाढीपीडित घाइतेलाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने
आइतबार, भदौ १४, २०८३
