नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रु. ११ लाख ११ हजार १ सय ११ उपलब्ध गराउने निर्णय गरेको छ।
परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने जनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति परिषद्ले दुःखसमेत व्यक्त गरेको छ।
विपद्का समयमा राहत तथा सहयोगलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्याउन एकद्वार प्रणाली प्रभावकारी हुने भएकाले सोही माध्यमबाट सहयोग उपलब्ध गराउने निर्णय गरिएको परिषद्को भनाइ छ।
परिषद्का अध्यक्ष सगुन पौडेलले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।
बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले उद्धार, राहत र पुनर्स्थापनाका अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
