नेपाल हेल्थ न्युज, काठमाडौं । बाढी तथा विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रालिले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराएको छ।
कम्पनीका अनुसार विपद्बाट प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत आवश्यक औषधि प्रभावित नागरिकसम्म पुर्याई उपचारमा प्रयोग गरिनेछ।
आर्या फार्माले विपद्का कारण प्रभावित नागरिकको उपचारमा थप आवश्यकता देखिए स्वास्थ्य उपकरणसँगै आवश्यक औषधि पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्राकृतिक विपद्को समयमा स्वास्थ्य सेवामा पहुँच सहज बनाउन गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई राहत पुग्नुका साथै राहत तथा पुनःस्थापनाका काममा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ।
कम्पनीले आगामी दिनमा पनि विपद्का कारण समस्यामा परेका नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
बाढीपीडित घाइतेलाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने
आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितको राहतका लागि स्वास्थ्य व्यवसायी परिषद्ले गर्यो ११ लाख सहयोग
आइतबार, भदौ १४, २०८३
