नेभिगेशन

बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग

नेपाल हेल्थ न्युज, काठमाडौं । बाढीबाट प्रभावित नेपाली समुदायको स्वास्थ्य सेवा तथा आपत्कालीन उद्धार कार्यमा सहयोग पुर्‍याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराएको छ।

बाढीपछि डब्लुएचओले करिब १० हजार मानिसलाई तीन महिनासम्म पुग्ने स्वास्थ्य सामग्री र टेन्टसहित मास्क, पञ्जा तथा सेनिटाइजर प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।

बाढीका कारण ७३० भन्दा बढीको मृत्यु, करिब २ हजार ५ सय बेपत्ता र २ सयभन्दा बढी घाइते भएको विवरण छ। रसुवामा चार स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धादिङका दुई स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ।

डब्लुएचओले सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरता, रोग निगरानी र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणमा सहयोग गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट