नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्राधिकरणका अनुसार बाढीपछि अझै ४ हजार २२७ जना सम्पर्कविहीन छन्। हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढी तथा विपद्का क्रममा घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हाल २० हजार ८१९ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।
जसमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहेको जनाएको छ।

पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिला फरार
सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
