नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको परिवारजनले बताएका छन्।
अस्पतालको गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना रहेका सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई एक महिलाले लिएर फरार भएको परिवारजनको भनाइ छ।
परिवारका अनुसार सरसफाइ कर्मचारीका रूपमा अस्पताल परिसरमा आउने गरेकी एक महिलाले बच्चालाई खेलाउने बहाना बनाएर लिएर फरार भएकी हुन्। बच्चाकी हजुरआमा साँझा देवीका अनुसार ती महिला आफूलाई अस्पतालमा सरसफाइ कर्मचारीका रूपमा चिनाउँदै आएकी थिइन्।
साँझा देवीका अनुसार आफूले बच्चाको हेरचाह गरिरहेको समयमा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि आफू बाहिर निस्किएकी थिइन्। सोही समयमा ती महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएको उनले बताइन्।
परिवारजनका अनुसार बच्चा लिएर फरार भएकी महिलाले हरियो मास्क र रातो मेक्सी लगाएकी थिइन्। घटनापछि परिवारले नवजात शिशु हराएको भन्दै प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै शिशुको खोजी गरिरहेको जनाएको छ।
परिवारजनले अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएका छन्। अस्पतालजस्तो संवेदनशील स्थानबाटै नवजात शिशु चोरी हुनु गम्भीर विषय भएको भन्दै उनीहरूले घटनाको तत्काल छानबिन गरी शिशुको सकुशल उद्धार गर्न माग गरेका छन्।
पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन
सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत
आइतबार, भदौ १४, २०८३
