नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने ३७ शवको पोस्टमार्टम गर्न बाँकी छ। अस्पतालमा ल्याइएका शवमध्ये हालसम्म नौ जनाको मात्रै पहिचान भएको र ती शव परिवार तथा आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन्।
बाढीका कारण फेला परेका केही शवमा पूर्ण शरीर नभई आंशिक मानव अंग मात्र रहेको प्राधिकरणले जनाएको छ। शवको पहिचान तथा पोस्टमार्टमको काम जारी रहेको बताइएको छ।
पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिला फरार
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन
सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि डब्लुएचओको १ लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहयोग
आइतबार, भदौ १४, २०८३
