नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि आयातकर्ता सङ्घले भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
सङ्घले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई राहत तथा उद्धारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
मन्त्रालयको माग तथा सूचीअनुसार हस्तान्तरण गरिएका सामग्रीमा कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टीरेबिज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत विभिन्न अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री रहेका छन्।
बाढीका कारण घाइते तथा प्रभावित नागरिकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको सङ्घले जनाएको छ। प्राकृतिक विपद्का कारण कठिन परिस्थितिमा रहेका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सङ्घले आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
मन्त्रालयको समन्वयमा हस्तान्तरण गरिएका औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्र तथा स्थानीय स्वास्थ्य संस्थामार्फत प्रभावकारी रूपमा वितरण हुने अपेक्षा सङ्घले गरेको छ।
सङ्घका अध्यक्ष पवनकुमार आचार्य र महासचिव मधु पौडेलद्वारा जारी पत्रमा आगामी दिनमा पनि आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा निरन्तर सहकार्यका लागि सङ्घ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
भोटेकोशी बाढीमा १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
बुधबार, भदौ १७, २०८३
चार प्रदेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने विश्वविद्यालयको तयारी
मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीमा घाइते १२ जना वीर अस्पतालबाट डिस्चार्ज, ५ जना उपचाररत (नामसहित)
मंगलबार, भदौ १६, २०८३
