नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका दुई सदस्य पदमा नियुक्तिका लागि ४१ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ।
मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि रिक्त पदमा पदपूर्ति गर्न गत भदौ ४ गते प्रकाशित गरेको सूचनाअनुसार प्राप्त आवेदनमध्ये योग्यता पुगेका उम्मेदवारलाई वर्णानुक्रमका आधारमा छनोट गरी अन्तर्वार्ताका लागि बोलाएको हो।
नेपाल मेडिकल काउन्सिल ऐनको दफा ४ को खण्ड (ज) र (झ) बमोजिमका सदस्य पदका लागि छुट्टाछुट्टै प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
खण्ड (ज) अन्तर्गत २६ जना उम्मेदवार छनोट भएका छन्। छनोट हुनेमा अमित झा, अरुण उप्रेती, अरुणकुमार सिंह, ईश्वरी खनाल, उत्तमकुमार गौतम, कृष्णकुमार राउत, गोपालकुमार चौधरी, टंकप्रसाद बाँस्तोला, दुलालबहादुर थामी, तनवीर अहमद मियाँ, दीपक कँडेल, दीपक मुनान, धर्मेन्द्र नाथ जोशी, निरजकुमार कँडेल, प्रतिभा बिटु रोका, बज्रराजप्रसाद साह, मनु चौधरी, योगेन्द्र उप्रेती, रवि साह, रविन्द्र बस्कोटा, रोशन साह, विजयकुमार महता, विष्णुकुमार झा, शरत यादव, श्यामेन्द्रबहादुर सिंह वर्मा र सुमिना श्रेष्ठ रहेका छन्।
त्यस्तै, खण्ड (झ) अन्तर्गत १५ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्। यस समूहमा अनिलकुमार यादव, कृष्ण के.सी., कृष्णप्रसाद रेग्मी, टेकेन्द्र चौलागाईं, दिनेश न्यौपाने, निशा आचार्य, निशा महतो, प्रणय दत्त ज्ञवाली, प्रमोदकुमार केसी, विश्वप्रकाश ठाकुर, बोधविक्रम कार्की, रविन्द्रमान श्रेष्ठ, वसन्तराज न्यौपाने, शैलिस थापा र सुमित माके रहेका छन्।
मन्त्रालयका अनुसार छनोट भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।
खण्ड (ज) का उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ भदौ १६ गते बिहान १०ः३० बजे र खण्ड (झ) का उम्मेदवारको अन्तर्वार्ता २०८३ भदौ १७ गते बिहान १०ः३० बजे हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले तोकिएको मिति र समयमा आवश्यक कागजातसहित उपस्थित हुन सबै सम्बन्धित उम्मेदवारलाई सूचित गरेको छ।


भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
बुधबार, भदौ १७, २०८३
चार प्रदेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने विश्वविद्यालयको तयारी
मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीमा घाइते १२ जना वीर अस्पतालबाट डिस्चार्ज, ५ जना उपचाररत (नामसहित)
मंगलबार, भदौ १६, २०८३
