नेपाल हेल्थ न्युज, दाङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिबद्धता जनाएको छ ।
प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रद्वारा जारी सार्वजनिक प्रतिबद्धतामा बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विपद्को दुःखद् घडीमा बाढीपीडितको सहयोग र उद्धारका लागि प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले व्यक्तिगत तहबाट समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेको जनाइएको छ । आवश्यकता र परिस्थितिका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक स्वास्थ्य सेवासहित अन्य सहयोग उपलब्ध गराउन सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्राकृतिक विपद् तथा सम्भावित प्राकृतिक र मानव सिर्जित आपत्कालीन अवस्थाबाट प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान सदैव तयार र प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धतामा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
