नेभिगेशन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) मा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन्।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बु नियुक्त हुनुभएको छ।

नवनियुक्त तीनै पदाधिकारीले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

शपथ ग्रहणपछि नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले संस्थागत सुधारसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्ने र संस्थालाई थप प्रभावकारी बनाउनेतर्फ आफूहरूको ध्यान केन्द्रित रहने उहाँहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ