नेपाल हेल्थ न्युज, काठमाडौं। नेपालको औषधि क्षेत्रमा सक्रिय यतिकेम ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग गरेको छ।
गत १० भदौमा रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम कोषमा जम्मा गरेको हो।
यतिकेम ग्रुपका अध्यक्ष प्रभुराज वैद्य, प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यसहित पदाधिकारी तथा कर्मचारीहरूको टोलीले हिजो दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी सहयोग रकम हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरणपछि अध्यक्ष वैद्यले राष्ट्रमा आइपरेको विपत्तिको समयमा व्यक्ति तथा संस्थाहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। सोही सामाजिक दायित्वअनुसार ग्रुपले उद्धार तथा राहत कार्यमा सहयोग गरेको उहाँको भनाइ छ।
ग्रुपका प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यका अनुसार यतिकेम ग्रुपअन्तर्गत यतिकेम डिस्ट्रिब्युटर्स प्रालि, यति फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि र यति हेल्थ केयर प्रालि सञ्चालनमा छन्।
औषधिको आयात तथा उत्पादन क्षेत्रमा सक्रिय यतिकेम ग्रुपले व्यवसायसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
