नेपाल हेल्थ न्युज, स्याङ्जा। भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ । जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा हिज भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।
घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतः फूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताउनुभयो । देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
शिविरमा रक्तदाता स्वतःफूर्त रुपमा सहभागी हुनुभएको थियो । यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिनुभयो । रासस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन
बिहीबार, भदौ १८, २०८३
‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन
बिहीबार, भदौ १८, २०८३

