नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले हालैको विनाशकारी बाढी तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) बाट प्रभावित घाइते तथा बिरामीको उपचारमा संलग्न हुन चाहने स्वदेशी तथा विदेशी चिकित्सक र स्वास्थ्य स्वयंसेवी संघ–संस्थालाई काउन्सिलको स्वीकृति लिन आग्रह गरेको छ।
काउन्सिलले बुधबार जारी गरेको सूचनामार्फत नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सक तथा संघ–संस्थाले विपद्को अवस्थामा उपचार सेवा प्रदान गर्नुअघि प्रचलित ऐन, कानून तथा नियमअनुसार अस्थायी दर्ता लिनुपर्ने जनाएको हो।
काउन्सिलका अनुसार विपद् व्यवस्थापनसम्बन्धी उपचार सेवामा संलग्न हुने विदेशी चिकित्सक तथा अन्य स्वास्थ्य जनशक्तिले समेत स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखासँग आवश्यक समन्वय र संयोजन गर्नुपर्नेछ।
त्यसैगरी उपचारमा परिचालित जनशक्ति, प्रयोग गरिएका स्रोत–साधन तथा उपचार सामग्री र उपचार सेवा प्राप्त गर्ने सेवाग्राहीको यथार्थ विवरण स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा तथा नेपाल मेडिकल काउन्सिलमा पेश गर्न काउन्सिलले अनुरोध गरेको छ।
प्राकृतिक विपद्बाट सिर्जित मानवीय संकटका बेला उपचार सेवामा खटिन चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघ–संस्थाको सेवाभावप्रति काउन्सिलले आभार व्यक्त गरेको छ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठद्वारा जारी सूचनामा विपद्का बेला उपचार सेवा व्यवस्थित, समन्वयात्मक र कानुनसम्मत रूपमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन
बिहीबार, भदौ १८, २०८३
‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन
बिहीबार, भदौ १८, २०८३

