नेभिगेशन

डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन

नेपाल हेल्थ न्युज, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसहितका प्रतिवादीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मधेस प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्ने क्रममा भएको खरिदमध्ये ठेक्का नं। एएज्ीद्दरन्रल्ऋद्यरण्छरद्दण्ठड(ठढ मा प्रचलित कानुनविपरीत खरिद कार्य गरी भ्रष्टाचार गरिएको आरोपमा मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिम सजायको मागदाबी गरेको थियो। साथै, सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको सजाय तथा तत्कालीन निर्देशक डा. मिश्रलाई दफा २४ बमोजिम थप सजाय हुनुपर्ने मागदाबी आयोगले लिएको थियो।

विशेष अदालत, काठमाडौंले २०८२ फागुन १३ गते उक्त मुद्दामा आंशिक सफाइ दिने फैसला गरेको थियो। विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ १६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ।

आयोगले विशेष अदालतको फैसलाको सम्बन्धमा कानुनी उपचारका लागि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट