नेभिगेशन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?

नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानकी सहकुलपति एवं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको हो।

उपकुलपति डा. मिश्रले सिफारिस गरेका तीन जनामध्येबाट पदाधिकारी छनोट गरी नियुक्त गरिएको जनाइएको छ। नियुक्तिअनुसार डा. सुरेश विके रसाइलीलाई प्रतिष्ठानको निर्देशक, श्याम लम्साललाई रजिस्ट्रार, डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिनको जिम्मेवारी दिइएको छ।

प्रतिष्ठानका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै व्यवस्थापन, सेवा प्रवाह तथा शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारसँगै शिक्षण, प्रशासनिक सुधार र संस्थागत विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट