नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धारपछि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षणका क्रममा साहको अवस्था सामान्य रहेको पुष्टि भएको हो । नेपाली सेनाले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
साहसँगै उद्धार गरिएका अर्का व्यक्ति कविर महर्जनलाई भने थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ । महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याउने तयारी गरिएको हो ।
रसुवामा आएको बाढीपछि करिब १० दिनदेखि सुरुङभित्र फसेका उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको संयुक्त टोलीले जीवितै उद्धार गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
