नेपाल हेल्थ न्युज, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण एकहजार बढीको निधन भएको छ । उक्त घटनामा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ व्यक्ति अझैसम्म पनि वेपत्ता भएका छन् ।
बाढीले हजारौँ व्यक्तिलाई घरबारविहिन बनाएको छ । घरवारविहिन बनाएका व्यक्तिको स्वास्थ्यमा समस्या देखिन थालेको छ । एकातिर घर बाढीले बगाएको छ भने अर्कातर्फ परिवार र आफन्तलाई गुमाउनुपरेको छ । प्राकृतिक विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।
यस्तो संवेदनशील समयमा मानसिक सन्तुलन कायम राख्न र पीडितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ग्रान्डी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. रोजन पोखरेलले महत्वपूर्ण जानकारी दिनुभएको छ ।
विगत ६ वर्षदेखि ग्राण्डी अस्पतालमा मनोचिकित्सकको रूपमा कार्यरत डा. पोखरेलका अनुसार, विपतको समयमा मानसिक व्यवस्थापनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।
१. व्यक्तिगत रूपमा गर्न सकिने अभ्यास
विपदको समयमा मानिसहरू तनावमा हुने भएकाले सम्भव भएसम्म योग र ध्यान गर्दा मानसिक शान्ति मिल्छ । यसका साथै ‘डिप ब्रिदिङ’ .गहिरो श्वासप्रश्वास) अभ्यासले पनि शरीर र दिमागलाई शान्त राख्न मद्दत पु¥याउँछ ।
२. मनोवैज्ञानिक प्राथमिक उपचार
विपदमा परेका व्यक्तिहरूका गि मनोवैज्ञानिक प्राथमिक उपचार निकै प्रभावकारी हुन्छ । यसको पहिलो चरण भनेकै पीडितको कुरा ध्यान दिएर सुन्नु हो । उनीहरूको पीडा र अनुभवलाई सुनिदिँदा मात्रै पनि धेरै राहत महसुस हुन्छ ।
३. आधारभूत आवश्यकताको प्राथमिकता
पीडितलाई सल्लाह वा प्रवचन दिनुभन्दा अघि उनीहरूको गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन गर्नु जरुरी हुन्छ । खान र बस्नकै ठेगान नभएको अवस्थामा दिइने उपदेशले प्रभावकारी काम नगर्ने डा पोखरेल बताउनुहुन्छ ।
४. समूहगत उपचार
विपतको समयमा सामूहिक रूपमा छलफल गर्दा पीडितले ‘यो समस्या मलाई मात्र परेको होइन रहेछ, अरूले पनि यस्तै भोगिरहेका छन्’ भन्ने महसुस गर्छन् । यसले उनीहरूमा एक–अर्कालाई सहयोग गर्ने भावना र आत्मबल बढाउँछ ।
५० निद्राको समस्या र औषधिको प्रयोग
विपदपछि धेरैमा तर्सिने, चिच्याउने, र निद्रा नलाग्ने (अनिद्रा) जस्ता समस्याहरू देखिन्छन् । सुत्ने बित्तिकै त्यही विपतको सपना देख्दा मानिस झनै तनावमा हुन्छन् । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहमा अल्पकालीन रूपमा औषधिहरू (जस्तैः कोलानेजेपाम वा लोराजेपाम) प्रयोग गर्न सकिन्छ, जसले तनाव कम गर्न र निद्रा लगाउन मद्दत गर्छ ।
डा पोखरेलका अनुसार विपदपछिको पहिलो एक हप्ता मानसिक स्वास्थ्यका दृष्टिकोणले निकै चुनौतीपूर्ण हुने धेरै हेरचाह आवश्यक हुने र त्यसपछिका दिनमा पनि हेरचाह गर्नुपर्ने भएकाले यो समयमा उचित सहयोग र सहानुभूति प्रदान गर्नु अत्यन्तै आवश्यक छ ।
(डा पोखरेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मनोचिकित्सक हुन् ।)
सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, भदौ १९, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन
बिहीबार, भदौ १८, २०८३
