नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तानिएका प्रमुख जनस्वास्थ्य प्रशासक (एघारौँ तह) केशवराज पण्डितले पदबाट राजीनामा दिनुभएको छ।
मन्त्रालयमा तानिएपछि पण्डितले गत साता नै राजीनामा बुझाउनुभएको हो । यद्यपि, उहाँको राजीनामा भने हालसम्म स्वीकृत भइसकेको छैन।
मन्त्रालय उच्च स्रोतका अनुसार पण्डितले घरेलु कारण देखाउँदै राजीनामा पेश गर्नुभएको हो। उहाँको राजीनामा पत्र स्वास्थ्यमन्त्रीसमक्ष पुगेको भए पनि स्वीकृत हुन बाँकी रहेको स्रोतले जनाएको छ।
‘मन्त्रीज्यूकहाँ राजीनामा पत्र पुगेको छ तर स्वीकृत भइसकेको छैन। भोटेकोशी बाढीका कारण केही अलमल भएको हुन सक्छ। अब राजीनामा छिट्टै स्वीकृत हुन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो।
एघारौँ तहमा बढुवा भएपछि पण्डितले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकका रूपमा लामो समय काम गर्नुभएको थियो।
पछिल्लो समय उहाँ स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो। निर्देशकका रूपमा कार्यरत पण्डितलाई स्वास्थ्यमन्त्री मेहताले गत ९ भदौमा मन्त्रालयमा तान्ने निर्णय गर्नुभएको थियो।
पण्डितलाई मन्त्रालय तानेपछि उहाँको स्थानमा वीरेन्द्रकुमार मण्डललाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको थियो।
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा
आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पताल ल्याइएका २४४ मध्ये १६१ को अस्थायी व्यवस्थापन
आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी
आइतबार, भदौ २१, २०८३
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
आइतबार, भदौ २१, २०८३
