नेभिगेशन

मनमोहन मेमोरियल मेडिकल कलेजमा रक्त सञ्चार केन्द्रका लागि दुई जना कर्मचारी माग

नेपाल हेल्थ न्युज, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूले अस्पतालअन्तर्गत सञ्चालित रक्त सञ्चार केन्द्रका लागि दुई जना कर्मचारी माग गरेको छ।

अस्पतालले प्रकाशित गरेको सूचनाअनुसार प्रयोगशाला प्राविधिक (बीएमएलटी) र प्रयोगशाला सहायक प्राविधिक (सीएमएलटी) पदमा एक–एक जना कर्मचारी माग गरिएको हो।

प्रयोगशाला प्राविधिक पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट चिकित्सा प्रयोगशाला प्रविधिमा स्नातक तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्नेछ। साथै, रक्त सञ्चार केन्द्रमा तालिम लिएर काम गरेको अनुभव भएको हुनुपर्ने अस्पतालले जनाएको छ।

त्यस्तै, प्रयोगशाला सहायक प्राविधिक पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट चिकित्सा प्रयोगशाला प्राविधिक प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्नेछ। उक्त पदका लागि पनि रक्त सञ्चार केन्द्रमा तालिम लिएर काम गरेको अनुभव आवश्यक पर्ने जनाइएको छ।

इच्छुक उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्र तथा लब्धाङ्कपत्र, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको प्रमाणपत्र, कार्य अनुभवको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा व्यक्तिगत विवरणसहित २०८३ साल भदौ २८ गतेभित्र अस्पतालको मानव संसाधन विभागमा आवेदन दिनुपर्नेछ।

अस्पतालका अनुसार आवेदन फाराम मानव संसाधन विभागबाट प्राप्त गर्न सकिनेछ। आवेदन फारामका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ।

अस्पताल व्यवस्थापनले तोकिएको योग्यता पूरा गरेका इच्छुक उम्मेदवारलाई कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ।

manmohan-hospital-1-1788760940.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट