नेपाल हेल्थ न्युज, काठमाडौं। बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजले ७५ लाख सहयोग गरेको छ ।
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टिमले सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो।
प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो।
बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँ जम्मा गरिएको नेपाल मेडिकल कलेजकी निर्देशक डा. नुसरत जहान अन्सारीले बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुर अस्पताल विकास समिति अध्यक्ष पदका लागि ११ उम्मेदवार अन्तर्वार्तामा छनोट
मंगलबार, भदौ २३, २०८३
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
मंगलबार, भदौ २३, २०८३
मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ
मंगलबार, भदौ २३, २०८३
