नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयनरनियुक्तिका लागि रोष्टर सूचीमा सूचीकृत हुन आवेदन दिएका ११ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ।
मन्त्रालयले २०८३ भदौ १ गते प्रकाशित सूचनाका आधारमा वर्णानुक्रमअनुसार उम्मेदवारहरू छनोट गरिएको जनाएको छ। छनोट भएका उम्मेदवारलाई आगामी भदौ २५ गते बिहान १० बजे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा हुने अन्तर्वार्तामा उपस्थित हुन सूचित गरिएको छ।
अन्तर्वार्ताका लागि छनोट हुने उम्मेदवारहरूमा कमल बहादुर भट्टराई, कृष्ण प्रसाद रेग्मी, गोपी प्रसाद नेपाल, चिरञ्जीवी पन्थी, बद्री बहादुर खड्का, महेन्द्र प्रसाद पौडेल, रमेशचन्द्र न्यौपाने, राम प्रसाद कडेल, शैलजा श्रेष्ठ, डोलराज तिमिल्सिना र क्षितिज पौडेल रहेका छन्।
मन्त्रालयका अनुसार अन्तर्वार्तामा सहभागी हुँदा आवेदनसँगै पेश गरिएका शैक्षिक योग्यता, अनुभव तथा व्यवसायिक परिषद् दर्तासम्बन्धी कागजातको सक्कल प्रति र एक थान छायाप्रति अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
यसैबीच, हाल भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै भौतिक रूपमा उपस्थित हुन नसक्ने उम्मेदवारका लागि भर्चुअल (अनलाइन) माध्यमबाट समेत अन्तर्वार्तामा सहभागी हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
भरतपुर अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३(२)(क) बमोजिम अध्यक्ष पदमा मनोनयनरनियुक्तिका लागि उक्त अन्तर्वार्ता लिन लागिएको हो।
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
मंगलबार, भदौ २३, २०८३
बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मंगलबार, भदौ २३, २०८३
मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ
मंगलबार, भदौ २३, २०८३
