नेभिगेशन

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरस्स्थित किष्ट शिक्षण अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ ।

यही भदौ २ गते बालिकाको शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । बालिकालाई उनकी ३३ वर्षीया आमाले कलेजो दान गरेकी थिइन् ।

अस्पतालका अनुसार विल्सन रोगका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बालिकालाई अस्पताल ल्याइएको थियो । विल्सन भनेको शरीरमा तामाको मात्रा जम्मा भई उत्पन्न हुने एक दुर्लभ अनुवांशिक रोग हो।

करिब एक महिनासम्म विशेषज्ञ चिकित्सकहरूले संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजो दाता आमा केहीदिन अघि नै डिस्चार्ज भएकी थिइन् भने बालिकालाई आज डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट