नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना नयाँ पदाधिकारी नियुक्त गर्ने तयारी गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम श्रेष्ठ र रजिस्ट्रारमा डा. ममता भट्टराई कोइरालालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ।
डिनमा नियुक्त हुन लाग्नुभएका डा. अधिकारी रेडियोलोजी विशेष ज्ञ हुनुहुन्छ। त्यसैगरी, रेक्टरका लागि प्रस्तावित डा. श्रेष्ठ एनेस्थेसियोलोजी विशेषज्ञ हुनुहुन्छ भने रजिस्ट्रारमा नियुक्त हुन लाग्नुभएकी डा. भट्टराई रेडियोलोजी विशेषज्ञ हुनुहुन्छ।
तीनवटै पदमा नयाँ पदाधिकारी नियुक्त भएपछि न्याम्सको पदाधिकारी तहले पूर्णता पाउनेछ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
वीर अस्पतालमा दुर्लभ मस्तिष्कको सफल शल्यक्रिया
बिहीबार, भदौ २५, २०८३

