नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना नयाँ पदाधिकारी नियुक्त गर्ने तयारी गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम श्रेष्ठ र रजिस्ट्रारमा डा. ममता भट्टराई कोइरालालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ।
डिनमा नियुक्त हुन लाग्नुभएका डा. अधिकारी रेडियोलोजी विशेष ज्ञ हुनुहुन्छ। त्यसैगरी, रेक्टरका लागि प्रस्तावित डा. श्रेष्ठ एनेस्थेसियोलोजी विशेषज्ञ हुनुहुन्छ भने रजिस्ट्रारमा नियुक्त हुन लाग्नुभएकी डा. भट्टराई रेडियोलोजी विशेषज्ञ हुनुहुन्छ।
तीनवटै पदमा नयाँ पदाधिकारी नियुक्त भएपछि न्याम्सको पदाधिकारी तहले पूर्णता पाउनेछ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
‘खडेबाबा’ फ्याकल्टीमाथि सरकार कडा बन्दै, मेडिकल कलेजको निगरानी बढाइने
बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
बिहीबार, असोज २२, २०८३
बाढी प्रभावित क्षेत्रमा गङ्गालाल केन्द्रको निःशुल्क मुटु परीक्षण शिविर
बिहीबार, असोज २२, २०८३ट्रेन्डिङ
