नेपाल हेल्थ न्युज, बनेपा (काभ्रेपलाञ्चोक) । काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित फेला परेका उहाँले बताउनुभयो ।
पाँचखालमा एक, नमोबुद्ध नगरपालिकामा एक र मण्डनदेउपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मनसुनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना र सरसफाइमा सचेतना फैलाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायत लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ । रासस
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३

