नेभिगेशन

कोशी अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

नेपाल हेल्थ न्युज, विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।

मन्त्रालयले मोरङका सुमित घिमिरेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो। त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ।

नवनियुक्त पदाधिकारीले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा अस्पतालको व्यवस्थापन र संस्थागत सुधारमा भूमिका निर्वाह गर्ने अपेक्षा मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार विकास समितिमार्फत अस्पतालको व्यवस्थापनलाई थप व्यवस्थित गर्दै सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले नयाँ पदाधिकारी नियुक्त गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट