नेभिगेशन

डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट फिजिसियन डा. विश्वराज दवाडी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। खुला समूहबाट उम्मेदवारी दिनुभएको डा. दवाडीले १६५ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो।

लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत हुनुहुन्छ।

स्वास्थ्य क्षेत्रको सुधार, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेसागत हकहित र पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उहाँ महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिनुभएको थियो।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि डा. दवाडीले स्वास्थ्य क्षेत्रका विषयलाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा उठाउँदै स्वास्थ्य सेवा सुधारका लागि योगदान गर्ने बताउनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट