नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सूर्यबहादुर तामाङले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नभए आफू आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकले समेत सहज रूपमा उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो।
प्रधानमन्त्रीले ‘गोजीमा पैसा नभएका गरिब तथा विपन्न जनताले पनि उपचार पाउनुपर्छ’ भन्दै गरेको प्रतिबद्धता स्मरण गराउँदै उहाँले उक्त विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
“गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ भन्ने नारा अहिले भुलेको हो कि भुलाइएको हो, म गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद तामाङले भन्नुभयो।
उहाँले वर्तमान सरकारले धेरै काम गर्न नसके पनि कम्तीमा स्वास्थ्य सेवा निःशुल्क बनाउन सके जनताले सकारात्मक रूपमा लिने बताउनुभयो। त्यसका लागि आवश्यक नयाँ कानुन वा विधेयक ल्याएर तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था गर्न उहाँले सरकारसँग जोडदार माग गर्नुभयो।
“कम्तीमा पनि नेपाली जनताले दुई तिहाइ नजिक बहुमतको सरकार हामीलाई दिएको छ। धेरै गर्न नसके पनि कम्तीमा स्वास्थ्य निःशुल्क गर्न सक्यौँ भने हाम्रो जयजय नै हुनेछ,” उहाँले भन्नुभयो। सरकारले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने व्यवस्था नगरे आफू आमरण अनशनमा बस्ने घोषणा समेत उहाँले प्रतिनिधिसभा बैठकमै गर्नुभएको छ।
मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
बिहीबार, असोज १५, २०८३
छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य
बिहीबार, असोज १५, २०८३
मापदण्ड विपरीत सञ्चालित अस्पतालमा सिलबन्दी
बिहीबार, असोज १५, २०८३
