नेभिगेशन

स्वास्थ्य बीमामा पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि अनिवार्य हुने भएको छ।

स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि १६ वर्ष पूरा गरेका नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारले (एचआईबी ई–पोर्टल) मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्रलाई बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी विवरण अद्यावधिक तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत बोर्डले गरेको छ। उक्त कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ।

बैठकले ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय पनि गरेको छ।

बोर्ड सचिवालयका अनुसार पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड ICD-11 कोड आईएमआईएस ९क्ष्ःक्ष्क्० मा प्रयोग गरिनेछ। डिजिटल स्वास्थ्य अभिलेख र दाबी व्यवस्थापनलाई व्यवस्थित गर्दै स्वास्थ्य बीमा सेवाको प्रभावकारिता बढाउने उद्देश्यले उक्त व्यवस्था लागू गर्न लागिएको हो।

bima-1791106249.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट