नेभिगेशन

राप्ती प्रतिष्ठानका उपकुलपति मिश्र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्यमा मनोनीत

नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.अजयकुमार मिश्र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य पदमा मनोनीत हुनुभएको छ ।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षको निर्णयअनुसार उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा १ को खण्ड (च) बमोजिम आयोगको सदस्य पदमा मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट जारी पत्रमा नेपाल सरकारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले उपकुलपति प्रा.डा.मिश्रलाई सदस्य पदमा मनोनयन गरिएको ब्यहोरा जानकारी गराउँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रा.डा.मिश्रको मनोनयनसँगै चिकित्सा शिक्षा नीति, गुणस्तर सुधार तथा नियमनका क्षेत्रमा उहाँको अनुभव उपयोग हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट