नेभिगेशन

टाउको दुख्दैमा ब्रेन ट्युमर हुँदैन

टाउको दुख्नेबित्तिकै धेरै मानिसको मनमा एउटा डर आउँछ—कतै ब्रेन ट्युमर त भएन ? तर हरेक टाउको दुखाइ ब्रेन ट्युमरको संकेत हुँदैन । टाउको दुखाइ क्रमशः बढ्दै जानु, विशेषगरी बिहान उठ्नेबित्तिकै टाउको दुख्नु, बान्ता हुनु, दृष्टि कमजोर हुनु, शरीरको कुनै भाग कमजोर वा प्यारालाइसिस हुनु, छारे रोगजस्तो समस्या देखिनु, हिँड्दा सन्तुलन बिग्रिनुजस्ता लक्षण देखिएमा डाक्टरको परामर्श आवश्यक पर्छ ।  

ट्युमरको प्रकार, ग्रेड, स्थान, आकार र बिरामीको अवस्थाअनुसार उपचार फरक हुन्छ ।  नेपालमा पनि पछिल्लो समय सीटी स्क्यान, एमआरआईलगायतका प्रविधिको पहुँच बढेसँगै ब्रेन ट्युमरलगायत न्युरोलोजिकल रोगहरू पहिलेभन्दा चाँडै पत्ता लाग्न थालेका छन् ।  

१०० जनालाई टाउको दुख्दा दुईदेखि तीन जनामा मात्र ब्रेन ट्युमर हुनसक्छ । ट्युमर कुन प्रकारको हो, कति ग्रेडको हो र कहाँ बसेको छ भन्ने कुराले उपचार र परिणाममा ठूलो फरक पार्छ ।  

हाम्रो शरीरमा कोषिकाहरू आफ्नो निश्चित गति र समयमा बढ्ने र विभाजन हुँदै गर्दा कुनै कारणले कोषिकाको वृद्धि र नियन्त्रणमा असामान्य परिवर्तन आएमा ट्युमर बन्न सक्छ । ट्युमरलाई सकेसम्म पूर्ण रूपमा हटाउनु नै राम्रो उपचार मानिन्छ ।  

उच्च वा आक्रामक ट्युमरमा शल्यक्रियासँगै रेडियोथेरापी, किमोथेरापीलगायतका उपचार पनि आवश्यक पर्न सक्छन् । कतिपय ट्युमर अत्यन्तै बिस्तारै बढ्ने हुन्छन् । त्यस्तो अवस्थामा हामी बिरामीलाई निश्चित अन्तरालमा बोलाउँछौँ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्युरो