नेभिगेशन

चिकित्सा शिक्षा आयोगद्वारा बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीडीएस शैक्षिक कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको बीडीएस प्रवेश परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल विद्यार्थीहरूको नतिजा प्रकाशित गरेको हो।

आयोगका अनुसार परीक्षार्थीले आफ्नो व्यक्तिगत प्रोफाइलमार्फत समेत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। प्रकाशित नतिजा योग्यताक्रमअनुसार सार्वजनिक गरिएको आयोगले जनाएको छ।

यसैबीच, उत्तरपुस्तिकामा रोल नम्बर तथा प्रश्नपत्रको सेटसम्बन्धी बबल नभरेका वा गलत बबल भरेका केही परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।

नतिजासम्बन्धी पुनर्योग रिटोटलिङको सूचना भने आयोगले पछि प्रकाशित गर्ने जनाएको छ।

बीडीएसअध्ययनका लागि कुल ६२५ सिट उपलब्ध रहेकोमा प्रवेश परीक्षामा ६ हजार २५६ विद्यार्थी योग्यताक्रममा छनोट भएका छन्। उपलब्ध सिटभन्दा धेरै विद्यार्थी योग्यताक्रममा परेपछि अब भर्ना प्रक्रिया र विद्यार्थी छनोटको आगामी चरण महत्वपूर्ण हुने देखिएको छ।

आयोगले प्रकाशित गरेको नतिजा तथा आगामी भर्नासम्बन्धी सूचनाका लागि परीक्षार्थीलाई आफ्नो प्रोफाइल र आयोगका आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।

पूरा विवरण हेर्नका लागि यो दिइएको लिंकमा क्लिक गर्नुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट