नेपाल हेल्थ न्युज, पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।
बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पाँचथरसहित पूर्वी पहाडी जिल्लाहरुमा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गएिको उहाँले बताउनुभयो । शिविर नेत्र विशेषज्ञसहितको १८ जनाको टोलीले सञ्चालन गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य मन्त्रालयले गर्यो सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक परिचालन
शुक्रबार, मंसिर ११, २०८३
डब्ल्यूएचओको क्षेत्रीय निर्देशक बन्न चार देशको दौड, समर्थन जुटाउन नेपालको कूटनीतिक सक्रियता
शुक्रबार, मंसिर ११, २०८३
जाडो महिनामा निमोनियाबाट कसरी बच्ने ?
शुक्रबार, मंसिर ११, २०८३
सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने सरकारको तयारी
शुक्रबार, मंसिर ११, २०८३
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ
शुक्रबार, मंसिर ११, २०८३ट्रेन्डिङ
