नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले फार्मेसी उपसमूहअन्तर्गत दशौँ तहका दुई वरिष्ठ अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालय स्रोतका अनुसार वनस्पति विभागमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत सन्तोष केसीलाई औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ। त्यसैगरी, औषधि व्यवस्था विभागअन्तर्गत वीरगन्ज शाखामा कार्यरत वरिष्ठ औषधि व्यवस्थापक संगीता शाहलाई वनस्पति विभागमा सरुवा गरिएको छ।
मन्त्रालयको निर्णयसँगै औषधि व्यवस्था विभाग र वनस्पति विभागको जनशक्ति व्यवस्थापनमा परिवर्तन भएको छ। फार्मेसी उपसमूहअन्तर्गतका दुवै दशौँ तहका अधिकृतलाई एकअर्काको विभागमा जिम्मेवारी दिइएको हो।
केसी यसअघि वनस्पति विभागमा वरिष्ठ वैज्ञानिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो भने शाह औषधि व्यवस्था विभागको वीरगन्ज शाखामा वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
मन्त्रालयले प्रशासनिक तथा जनशक्ति व्यवस्थापनको सिलसिलामा दुवै अधिकृतको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
शुल्क पुनरावलोकन नभएसम्म भर्ना नगर्ने निजी मेडिकल कलेजको चेतावनी
आइतबार, मंसिर ६, २०८३
डीआर कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
आइतबार, मंसिर ६, २०८३
एमबीबीएस अध्ययनका लागि ९ विद्यार्थीलाई सुदूरपश्चिम सरकारले छात्रवृत्ति दिने
आइतबार, मंसिर ६, २०८३
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्यो आईएमआईएस प्रणाली
आइतबार, मंसिर ६, २०८३
