नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका एसोसिएट प्रोफेसर तथा रेडियोलोजी विभाग प्रमुख डा. केशव शर्माले भारतको प्रतिष्ठित मस्कुलोस्केलेटल सोसाइटी (एमएसएस) अन्तर्गत प्रदान गरिने ‘फेलोसिप इन मस्कुलोस्केलेटल इमेजिङ’ प्राप्त गर्नुभएको छ ।
लामो समयदेखि पोखरामा मेडिकल इमेजिङ तथा रोग निदानको क्षेत्रमा सक्रिय डा। शर्माले उक्त फेलोसिप प्राप्त गर्नुभएको हो । उहाँ रेडियोलोजी सेवाको विकास, आधुनिक प्रविधिको प्रयोग तथा गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
मस्कुलोस्केलेटल इमेजिङ रेडियोलोजीको एक विशिष्टीकृत विधा हो । यसमार्फत हड्डी, जोर्नी, मांसपेशी, टेन्डन, लिगामेन्ट तथा शरीरका अन्य संरचनामा देखिने रोग, चोटपटक र असामान्य अवस्थाको पहिचान तथा मूल्याङ्कन गरिन्छ ।
विशेषगरी खेलकुदका क्रममा हुने चोटपटक, जोर्नीसम्बन्धी समस्या, हड्डी तथा मांसपेशीका रोग र सफ्ट टिस्युमा देखिने समस्याको निदानमा यस विधाको महत्वपूर्ण भूमिका रहन्छ । एमआरआई, सीटी स्क्यान तथा अल्ट्रासाउन्डजस्ता आधुनिक प्रविधिको प्रयोगबाट यस्ता समस्याको विस्तृत र सूक्ष्म मूल्याङ्कन गर्न सकिन्छ ।
डा. शर्माले प्राप्त गरेको यस अन्तर्राष्ट्रियस्तरको फेलोसिपले उनको व्यावसायिक दक्षता र विशेषज्ञतालाई थप सुदृढ बनाउनुका साथै गण्डकी प्रदेशमा विशिष्टीकृत रेडियोलोजी तथा इमेजिङ सेवाको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यस विशेषज्ञताबाट हड्डी, जोर्नी, मांसपेशी तथा खेलकुदजन्य चोटपटकको सटीक निदानमा सहयोग पुग्ने र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुने विश्वास गरिएको छ ।
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
आइतबार, मंसिर १३, २०८३
स्वास्थ्य मन्त्रालयले गर्यो सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक परिचालन
शुक्रबार, मंसिर ११, २०८३
डब्ल्यूएचओको क्षेत्रीय निर्देशक बन्न चार देशको दौड, समर्थन जुटाउन नेपालको कूटनीतिक सक्रियता
शुक्रबार, मंसिर ११, २०८३
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
शुक्रबार, मंसिर ११, २०८३
