[caption id="attachment_104" align="alignright" width="150"]
डा. लक्ष्मी अवा
मेडिकल डाइरेक्टर
एवं वरिष्ठ छातिरोग/श्वासप्रश्वास विशेषज्ञ
कान्तिपुर अस्पताल, तीनकुने काठमाडौं ।[/caption] मंसिर अन्तिम साता परेको हिउँदे झरीसँगै मुलुकभर जाडोको प्रकोप बढिसकेको छ । यो बेला विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीको समस्या धेरै देखिने गर्छ । यो चिसो मौसमको एलर्जिक डिस्अर्डर हो । जाडो मौसममा खानपानमा ध्यान नदिने र धेरै चिसोमा रहने कारण मान्छेको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्छ । यस्तो अवस्थामा चाँडै ब्याक्टेरिया र भाइरसले आक्रमण गर्छ । यस्तो बेला बालबालिका, बूढाबूढीहरु बढी जोखिममा रहेका हुन्छन् । पहिलादेखि नै श्वासप्रश्वासको समस्या भएकाहरुमा चिसो मौसममा दम अझ बढ्न सक्छ । खासगरी चिसो मौसममा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण हुन्छ । छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने समस्या देखिनसक्छ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउ“छ । जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई चीसाले बढी आक्रान्त पार्छ । जाडोमा सत्रु, दम बाहिरबाट अक्सिजन लिने र शरीरभित्रबाट कार्बनडाइअक्साइड बाहिर फ्याक्ने प्रक्रियालाई श्वासप्रश्वास भनिन्छ । बाहिरबाट अक्सिजन लिने क्रममा शरीरलाई हानी गर्ने विभिन्न चिजहरु श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र प्रवेश गरी एलर्जी गराउने कारण श्वासप्रश्वासका रोगहरु हुने गर्छन् । यसले विशेषगरी फोक्सोमा समस्या ल्याउन सक्छ । ब्रोन्कीएल आस्थामा (दम) का बिरामीहरुका लागि जाडो मौसम अभिशाप नै हो । चिसो मौसममा प्रायःयस्ता बिरामीहरुलाई एलर्जी हुने गर्छ । चिसो मौसममा ठण्ठी हावा फोक्सोभित्र प्रवेश गर्दा एक्कासी ब्रोंक इस्पाजम अर्थात श्वास नली खुम्चिने कारण निकै समस्या ल्याउन सक्छ । सिओपिडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) का बिरामीहरुलाई चिसो मौसममा समस्या आउँछ । विशेषगरी छातिको समस्या भएका बिरामीहरुको लक्षण उस्तै उस्तै हुने गर्छ । लक्षण

- रुघाखोकी लाग्ने
- ज्वरो आउने
- छाति दुख्ने (कतिपयमा नदुख्न पनि सक्छ)
- दम बढ्ने
- शरीर कमजोर हुने
- खान मन नलाग्ने
- जिउ दुख्ने
- घ्यार घ्यार हुने
- अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने ।
- सामान्य रुघाखोकीमा कुनै असमान्य लक्षण देखिएमा
- ज्वरो आएमा
- छातिमा घ्यार, घ्यार भएमा
- छाती दुखेमा
- पहेँलो वा हरियो कफ आएमा
- सास फेर्ने गारो परेमा तुरुन्त अस्पताल गएर परीक्षण गराउनुपर्छ । ।
- ज्वरो आउने
- खोकी लाग्ने
- छाति दुख्ने
- सास बढ्ने
- कमजोरीपना महशुस हुने
- जिउ, टाउको दुख्ने
- खाना नरुच्ने
- अक्सिजनको कमी मै ओठ, हात खुट्टा निलो हुने आदि ।
- रक्तचाप घट्ने
- कम्फ्यूजन हुने यी लक्षणहरु बालबालिकामा पनि उस्तै प्रकारले भएता पनि स—साना बालबालिकाहरु बोल्न नसक्ने भएकाले च्याँठीएर रुने, नखाने, छटपटिएर सुत्न नसक्ने हुन्छन् ।
- हल्का शीताङ्गमा शरीरको तापक्रम ९०/९५ डिग्री फरेनहाइट हुन्छ ।
- मध्यम शीताङ्ग हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म ।
- गम्भीर हुँदा ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ ।
- ६८ डिग्री फरेनहाइटभन्दा कम तापक्रमको स्थितिलाई उच्च मानिन्छ । यो निकै जोखिमपूर्ण अवस्था हो ।
- न्यानो लुगाहरू लगाउने ।
- आवश्यक नभएसम्म चिसोमा धेरै ननिस्कने र घर बाहिर निस्कदा टाउको, घाँटी र कान छोप्ने कपडाहर लगाउने ।
- न्यानो ठाउँमा बस्ने
- तरल पदार्थ पर्याप्त सेवन गर्ने
- थाकेका बेला आराम गर्ने
- जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँडडुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँडडुल गर्नैपर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
- बन्द कोठाभित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने
- तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने
- भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने
- मौसमी फलफूल विशेषगरी भिटामीन सि युक्त फलफूलको सेवन धेरै गर्ने
- श्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपनाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
- बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
- जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।
- हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख

विदेशीलाई समेत लोभ्याउने नेपाली स्वास्थ्य सेवा: अब मेडिकल टुरिजमको युग
बुधबार, वैशाख २४, २०८२
पूर्व डीएसपी केपी शर्मा पन्थीको अस्पताल शैयाबाट आएको गहिरो सन्देश
शनिबार, वैशाख २०, २०८२
आमाको असीम माया र श्रद्धाको पर्व — मातातीर्थ औँसी
आइतबार, वैशाख १४, २०८२
पीसीओएसः निःसन्तानको प्रमुख कारण !
बुधबार, चैत २७, २०८१
बाथरोगबाट महिलाहरू बढी पीडित
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ