प्रा.डा. पोखरेलले सन् १९९९ देखि हालसम्म करिब २ हजार ५ सय भन्दा बढी स्पाइनको सर्जरी गरिसक्नुभएको छ ।
स्पाइनसम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन सर्जन कोसँग उपचार गर्ने भन्ने द्धिविधा भएको पाइन्छ । तर अर्थोस्पाइन होस् वा न्यूरो स्पाइन जो भएपनि केही फरक पर्दैन । दुवैको एउटै उद्देश्य हुन्छ सम्बन्धित बिरामीलाई समस्याबाट मुक्त गराउने । दुवैको विशेषता पनि स्पाइनसम्बन्धि नै हुन्छ ।
अर्थोस्पाइन सर्जनले हड्डीको टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्न सक्छ भने न्युरो स्पाइन सर्जनले नसाको सफ्ट टिस्युलाई राम्रोसँग ह्यान्डलिङ गर्न सक्छ । त्यसकारण दुवै विधाका सर्जनलाई एकै ठाउँमा राखेर तालिम उपलब्ध गराएमा सिपको आदान प्रदान गर्न अझ सहज हुने देखिन्छ ।
‘‘न्युरो सर्जरीबाट स्पाइनको सर्जरी गर्न आएका डाक्टरलाई न्युरो स्पाइन सर्जन भनिन्छ भने अर्थोपेडिक सर्जरीबाट आएका डाक्टरहरुलाई अर्थोस्पाइन सर्जन भनिन्छ । दुवैले गर्ने एउटै उपचार विधि हो । यसमा भ्रमित हुन जरुरी छैन ।’’स्पाइनलका केसहरुमा प्रायः रुख र भिरबाट लडेर, सडक दुर्घटना, चोटपटक, स्पाइनको क्षयरोग, ट्युमर, बाथ, सियाटिका, उमेर र बाथकोे कारण स्पाइनमा समस्या लिएर बिरामीहरु आउने गरेका छन् । कुप्रो किन भइन्छ ? यसलाई ओस्टियोपोरोसिस स्पाइन भनिन्छ । मेरुदण्डमा कुरकुरे हड्डी, इन्टभटे«बल डिस्क हुन्छ । उमेर बढ्दै जाँदा मेरुदण्डको हड्डीहरु नरम हुँदै जाने भएकाले यो बिस्तारै झुक्दै जान्छ । यसरी कुप्रो परेको स्पाइनलाई सिधा बनाउनसकिन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
